नेकपा स्थायी समिति बैठक पर्सिसम्मका लागि स्थगित, सचिवालय बैठक भाेलिका लागि तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पर्सिसम्मका लागि फेरि स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

दुई सातासम्म लगातार स्थागित भएको स्थायी समितिकाे बैठक बस्न नसकेपछि भाेलि अपराह्न ३ बजेका लागि सचिवालय बैठक बाेलाइएकाे छ ।

 आज ११ बजेका लागि तय स्थायी समितिकाे बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएकाे थियाे ।  नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको एक नेताले बताएका छन् ।

दुई सातासम्म स्थागित भएको बैठक आज बिहान ११ बजेका लागि ताेकिएअनुसार अधिकांश स्थायी कमिटीका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियाे ।

बैठक स्थगित हुनुभन्दाअघि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *