नेकपा स्थायी समितिको बैठक चार घण्टाका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी आजको लागि तय बैठक चार घण्टाका लागि स्थगित भएको छ ।

दुई सातासम्म स्थागित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटीका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको एक नेताले बताए ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *