दाङमा सय दिनमा ३० बलात्कार

नारायणपुर । दाङमा तीन महिना २० दिनको अवधिमा बलात्कारका ३२ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बलत्कारका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको उसले बताएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीनतीन, आत्महत्या दुरुत्साहन दुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुर्व्यवहारका पाँच घटना भएको इन्सेकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *