सचिवमाथि सांसदको आक्रोश: गाडी किन्न सक्ने, वार्षिक प्रतिवेदन बनाउन नसक्ने ?

  • 191
    Shares

काठमाडौं । राष्ट्रिय दलित आयोग र आदिवासी तथा जनजाति आयोगका सचिवलाई प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सांसदहरुले बैठकमै झपारेका छन् ।

उनीहरुले हुदैँ नभएका पदाधिकारीलाई गाडी किनेको तर एउटा वार्षिक प्रतिवेदनसम्म नबनाएको भन्दै बैठकमै झापारेका हुन् । दलित आयोगले १४ वटा गाडी किनेको छ भने आदिवासी जनजाति आयोगले ७ वटा गाडी खरिद गरे पनि पदाधिकारी नियुक्ती नहुँदा ती गाडी सञ्जालनमा आएका छैनन् ।

प्रदेशगत हिसाबले भएपनि कार्यक्रम गर्नुको साटो गाडी किन्न लागेको टिप्पणी गर्दै समितिकी सांसद गंगा चौधरीले कर्मचारी झिंगा धपाएर बसेको भन्दै आलोचना गरिन् । गाडी खरिद गर्ने तर दलितका विषयमा कार्यक्रमसमेत नगरी बजेट सकेको भन्दै सांसद बिमला नेपालीले पनि आयोगको आलोचना गरेकी थिइन् ।


  • 191
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *