USAID

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो


सिन्धुपाल्चोक । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *