म्यानचेस्टर सिटी विजय यात्रा कायमै

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो ।

सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो । उसले दोस्रो हाफमा एक गोल खायो । छैटौँ मिनेटमा डेविड सिल्भाले गोल गरी सिटीलाई सुरुवाति अग्रता दिलाए । ३९ औँ मिनेटमा गाब्रियल जिससले गोल गरेर अग्रता दोब्बर पारे ।

बोर्नमाउथका लागि ८८ औँ मिनेटमा ब्रूक्सले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको सिटीको ३६ खेलबाट ७५ अंक भएको छ ।

पराजयले रेलिगेशनबाट जोगिने बोर्नमाउथको आशमा धक्का लागेको छ । उ ३६ खेलबाट ३१ अंकसहित १८ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *