USAID

बालुवाटारमा ओली–प्रचण्ड भेटबार्ता शुरु


काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा बार्ता शुरु भएको छ ।

बुधबार दुई अध्यक्षबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल शुरु भएको हो । सहमति खोज्नका लागि भन्दै असार २६ गतेको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ। विवादकै कारण असार १८ गतेदेखि बैठक बस्न सकेको छैन।

सचिवालय तथा स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने आवाज उठेपछि पार्टीमा बिवाद शुरु भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *