नेकपाका दुई अध्यक्षबीच आज निर्णायक बार्ता हुने

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवादले उग्र रुप लिइरहेको बेला आज दुई अध्यक्षबीच निर्णायक बार्ता हुने भएको छ ।
हिजो दुई अध्यक्षबीच बार्ता हुने भनिएपनि प्रधानमन्त्री समेत रहनु भएका कार्यकारी अध्यक्ष केपी ओली दिनभरको दौडधुपले थाकेको बताएपछि बालुवाटार पुग्नु भएका पुष्पकमल दाहाल (प्रचण्ड) बिना बार्ता फिर्ता हुनुभएको थियो ।
आज दुबै अध्यक्षबीच आज हुने बार्ता निर्णायक हुने र दुवै अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
पार्टी फुटको संघारमा पुगेको बेला दोस्रो पुस्ताका नेताहरुले शीर्ष नेताहरुलाई दवाव दिएपछि पार्टी भित्रको बिवाद हाललाई केही हद सम्म समाधान भएको छ ।
सचिवालय र स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन ओलीलाई दवाव दिएपछि पार्टी फुटको संघारमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *