भारतले अतिक्रमण गरेको भूमिको पूर्वमन्त्री विश्वकर्माद्वारा निरीक्षण

कञ्चनपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्माले भारतीय अतिक्रमणमा परेको नेपाली भूमिको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

पूर्वमन्त्री विश्वकर्माले नेकपाका नेता कार्यकर्ताका साथ बेलौरी नगरपालिकाको पचुई र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रको निरीक्षण गरेका हुन् ।

भारतीय नागरिकले ती दुवै क्षेत्र अतिक्रमण गरी स्थानीयलाई खेतीपाती लगाउन दिएका छैनन् । नेपालीको जमीनमा तारबार गरी कब्जा गरेका छन् । स्थानीयवासीको जमीन कब्जा गरसँगै उनीहरूले हुलाकी राजमार्ग निर्माणमा समेत अवरोध पुर्याएका छन् । स्थानीयवासीले निरीक्षणका क्रममा पूर्वमन्त्री विश्वकर्मासहितको टोलीलाई आफ्नो पीडा सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *