मौसमी राडार बिग्रिएपछि कर्णालीबासी चिन्तित

सुर्खेत । विपदका बेला मौसमसम्बन्धी पूर्वसूचना दिने मौसमी राडार एक महिनादेखि बिग्रिएको छ । सुर्खेतको रातानाङ्ला डाँडामा सञ्चालित नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

गत जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *