भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा सरकारको धन्यवाद

काठमाडौं । सरकारले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा धन्यवाद व्यक्त गरेको छ।

भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको उल्लेख गर्दै सञ्चार मन्त्रालयले पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरूले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने बताएको छ । आमसञ्चार माध्यमहरूले समाचार प्रकाशन र प्रसारण गर्दा सत्य,तथ्य र वस्तुपरक भई पेसागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

पढ्नुहोस् प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *