काठमाडौं उपत्यकामा ४२ सहित थप ११८ जनामा कोरोना संक्रमण

काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जना सहित पछिल्लो २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालामा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् । यो सँगै निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *