लमजुङमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

बेशीशहर । लमजुङमा पहिरोले घर पुरिदा एकै घरका तीन जनाको ज्यान गएको छ । बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले दीपक तामाङको घर पुरिंदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ रहेका छन । लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार पहिरोमा परी अरु तीन जना घाइते भएका छन ।

घाइते तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भिरालो ठाउँमा घर बनाउँदा पहिरो आएको प्रहरीको भनाई छ । मौसमविदले अझै तीनदेखि चार दिनसम्म ठूलो पानी पर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *