काठमाडाै । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस देखिएको छ ।
मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
झुन्डिएको अवस्थामा परिवारले फेला पारेका निज युवकलाई परिवारले डोरी काटेर नजिकैको अस्पताल पुर्याएका थिए।
अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो । उपचारकै क्रममा निज युवकको मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो ।
