सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआतः मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आज बुधबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए ।

उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक आश्रम स्थापना गर्ने योजना अघि सारिएको प्रस्ट पारे । उनले भने, “जातीय भेदभाव तथा छुवाछूत, बोक्सी प्रथा, छाउपडी प्रथालगायत सबै प्रकारका विभेद अन्त्य गर्ने उद्देश्यले सरकाले सामाजिक रुपान्तरणको नीतिलाई अगाडि सारेको छ, लैङ्गिकमैत्री नेपाल घोषणा गर्दै समाजलाई आत्मनिर्भर बनाउने अभियान चालेका छौँ ।” सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्न विद्यालयस्तरबाटै पाठ्यक्रम परिमार्जन गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

सांसद तारादेवी भट्ट र अनिता देवकोटाले क्वारेन्टिनमा महिला बलात्कार भएकोबारे राखेका प्रश्नमा मन्त्री गुरुङले भएका ऐन÷कानूनको कार्यान्वयन सँगै चेतना मार्फत समाज रुपान्तराण गर्न नीतिनिर्माण गर्ने तयारी भइरहेको बताए । सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियानअन्तर्गत् सरकारले तीव्ररुपमा काम गरिरहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *