आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौँ । आइतबार एकैदिन ४ सय ६३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थप ४ सय ६३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३ हजार १३ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । ७७ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *