ट्याक्टरले ठक्कर दिंदा विद्यार्थीको घटनास्थलमै मृत्यु

काठमाडौं । मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल सवार एक जनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरले कलेज जान लागेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उर्लाबारी ७ का २१ वर्षीय निश्चल बानियाँको मृत्यु भएको हो । २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १ ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय नेपाल दर्शन कलेजमा अध्ययनरत बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *