काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई दिईएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको हो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले ५८ वर्षे हदका कारण शुक्रबार अवकाश लिएका छन् ।