ताप्लेजुङ हिउँमा फसेका बाबुछोरा ६ दिनपछि गाउँ फर्किए

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् । अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४÷१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए ।

चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उनीहरू ओढारमा अल्झिएर बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन । हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि सोमबार दिउँसो उनीहरू गाउँ निस्कन सफल भएका ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए ।

हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *