सम्झना पाण्डेको ‘नाचौं नाचौं’

काठमाडौँ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो।

हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो।’नाचौं नाचौं’ बोलको डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजनराज शिवाकोटीको स्वर रहेको छ। सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ। राजन इशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ।

कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिंदै भिडियो र गायनको प्रसंशा गरे। बाल्यकालदेखि नै गायनमा रुचि राख्ने पाण्डेले यसअघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरिसकेकी छन्। अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तीन वटा गीत र भिडियो निर्माण गरेकी छन्।

रेडियो नेपालको बाल कार्यक्रममा गीत गाउने गरेकी पाण्डेले थुप्रै विज्ञापनमा आफ्नो स्वर दिइसकेकी छन्। पढाईको सिलसिलामा २०२१ मा अमेरिका पुगेकी पाण्डेले मास्टर्स सम्मको अध्ययन सकेकी छन्। उनी पेशाले नर्स हुन्,उनको पोस्ट फ्यामेली नर्स प्राक्टिस (डाक्टर सरह) रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *