तुलसीपुरबाट ब्राउन सुगरसहित पाँचजना पक्राउ

दाङ । दाङको तुलसीपुरबाट ब्राउनसुगरसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा तीन महिला र दुई पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निवासी १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीय दीपु नेपाली, तुलसीपुर–६ बरुवागाउँका २९ वर्षीया रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर–७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् । उनीहरूको साथबाट पाँच ग्राम ७१० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *