बाँके । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ ।
अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्काे छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् ।
चिसोमा आगो बालेर एउटै एउटै कोठामा सुेतका सात जना मध्ये विहान चार जना मृत भेटिएका हुन निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ।
अचेत परेका तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।