सर्वोच्चद्वारा सरकारसँग चार्ल्स सोभराजलाई थुनामुक्त नगर्नुको कारण माग

काठमाडौँ। सर्वोच्च अदालतले सरकारसँग सिरियल किलर फ्रेन्च नागरिक चार्ल्स सोभराजलाई थुनामुक्त नगर्नुको कारण माग गरेको छ । बिहीबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सोभराजको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

सोभराजले आफूले अदालतले तोकेको सजाय भोगिसकेको भन्दै थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । २० वर्षे कैद सजाय भुक्तान गरिसकेका सोभराजले निवेदनमा नेपालको कानुन अनुसार जेष्ठ नागरिकले पाउने सजायको छुट आफ्ना लागि पनि लागू हुनुपर्ने दाबी गरेका छन्।

यसअघि पनि यस्तै प्रकृतिका निवेदनमार्फत् सोभराजले थुनामुक्त हुन प्रयास गरेका थिए । तर अदालतले उनको माग बमोजिम आदेश जारी गरेको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *