गैंडाको खागसहित बौद्धबाट ६ जना पक्राउ

काठमाडौं । गैंडाको खागसहित प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोली उनीहरूलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रेका वीरमान तमाङ, बेदबहादुर दनुवार,सोहन कार्की, नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुलीका ४१ वर्षीय भीमबहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका–५ का ३२ वर्षीय भीम तमाङ छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *