कांग्रेस महाधिशवेन: केन्द्रीय सदस्यको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय ८७ जनाले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार राती सम्पन्न भएको भएको थियो ।

काँग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहेका  शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *