पुनः मतगणनाको तयारीमा गच्छदार

काठमाडौं। नेपाली कांग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदमा विजय गच्छदारले दुई मतले पराजीत भएका छन् । देउवा प्यानलका उम्मेदवारग च्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङ ले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादार पुनः मतगणना गराउने तयारीमा छन् ।

गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । दुई मतले पछिपरेपछि गच्छादरले पुनः मतगणना गराउन सक्ने भन्दै औपचारिक मत परिणामसमेत घोषणा भएको छैन् । निर्वाचन समितिले गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको औपचारिक घोषणा गर्न बाँकि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *