कांग्रेस नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जारी १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य ( दलित खुला ) को उम्मेदवारी फिर्ता लिएका छन् ।

नेता विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेख्दै आफ्नो नाम उम्मेदवारको लिस्ट्बाट हटाई दिन आग्रह गरेका छन् ।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि मनोनयन दर्ता गर्नेक्रममा ‘केन्द्रीय सदस्य खुला’ मा मेरोपनि नाम क्रम संख्या १९ मा मीन विश्वकर्मा भनि दर्ता रहेको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नभएकाले उक्त पदको उम्मेदवारी फिर्ता लिएको जानकारी गराउन्छु ।’ नेता विश्वकर्माले लेखेको निवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *