पौडेललाई सम्झाउदै देउवाले भने, ‘देशलाई अझै तपाईको खाँचो छ’

काठमाडौं। प्रधानमन्त्रीसमेत एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

पौडेल निवास बोहराटारमा भएको भेटवार्ताका क्रममा देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका छन् । पौडेलले अस्वस्थ प्रतिस्पर्धा भन्दै हाधिवेशन प्रक्रियाबाट बाहिरिएन खोजेको बताएका छन् । पौडेलले शनिबार विज्ञप्ति नै जारी गरेर आफूले सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका थिए ।

पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।

चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उनले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *