लगातार चुनाव जित्दै आएका सिंह महाधिवेशन प्रतिनिधिमा प्यानलसहित पराजित

काठमाडौं । नेपाली कांग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा अमरेश कुमार सिंह पराजित भएका छन्।

मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचनमा सिंहको पूरा प्यानल नै पराजित भएको हो। सिंह संघीय सांसदमा निर्वाचित क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

सिंह पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएको पनि यो पहिलो पटक हो। बिगत तीन चुनावमा सिंह लगातार निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *