लिदी पहिरामा मृतक ३७, अझै बेपत्ता २

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । १७ वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा पहिरामा बेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *