काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका छन् ।
शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्नी दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आइतबार ह्याम्स अस्पताल भर्ना भएको डा रिजालले जानकारी दिएका छन् । उनीहरू दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताएका छन् ।
