२४ घण्टामा कोरोनाका ८९९ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ११ हजार १ सय २९ पिसिआर परीक्षण गर्दा ३ सय ३ महिला तथा ५ सय ९६ पुरुष गरी ८ सय ९९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । नेपालमा हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुने संक्रमितको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

यस्तै देशभर १७ हजार ८ सय २२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ७ जना संक्रमितको मृत्यु भएको छ । महोत्तरीकी एक बालिका, गोरखा र रुपन्देहीका १/१ जना महिला तथा झापा, रौतहट, चितवन र भक्तपुरका १/१ जना पुरुष गरी ७ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुने संक्रमित को संख्या २ सय २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *