बिरामीले नै एम्बुलेन्स तोडफोड गरेपछि……..

काठमाडौ । सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमण भएर भर्ना भएका भक्तपुरका एक बिरामीले उल्टै सशस्त्र प्रहरी बलको एम्वुलेन्स नै तोडफोड गरेका छन । भक्तपुरको कमल बिनायक घर भएका ५४ बर्षिय श्यामकृष्ण राजथलालाई भदौ ७ गते कोरोना संक्रमण भएपछि बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा आईसीयुमा राखेर उपचार गरिएको थियो ।
एक हप्ताको उपचारपछि राजथलाको कोरोना संक्रमण नभएको पुष्टि भएपछि अस्पतालको एम्बुलेन्सले नै उनलाई घर पुर्याउन जांदा भक्तपुरको सल्लाहघारी पुगेपछि राजथलाले आफुलाई एम्बुलेन्स चालकले अपहरण गरेको भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए ।
चाकलले राजथलाले गरेको ब्यवहार देखेर गाडी रोक्नासाथ उनी ओर्लिएर भाग्न लागेको बेला नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएर घर पुर्याइदिएका थिए ।
उनलाई घरमा पुर्याएपछि परिवारका सदस्यले तोडफोड भएको एम्बुलेन्स बनाई दिने र राजथला मानसिक रोगी समेत रहेको बताएपछि प्रदेश नम्वर ३–००२ झ ५२३० नम्वरका चालक झलक बिसी अस्पताल फर्केको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *