काठमाडौं, मंसिर १२ । नेपालगन्जदेखि राडिबजार जाँदै गरेको रात्री बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
को ना ७ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो । मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ ।