कोरोनाका ८८४ संक्रमित थपिए, ३१३ जना डिस्चार्ज्

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ पिसिआर परीक्षण गर्दा २ सय ४२ महिला तथा ६ सय ४२ पुरुष गरी ८ सय ८४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपाल मा हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ३ सय १३ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ ।

यस्तै देशभर १६ हजार ५ सय ७८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *