कमला रिसालको ‘आमाको काखै प्यारो’

कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गरेका हुन् ।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य बाबा बस्नेत, गुन्जन संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ सङ्गीतकारहरु न्हु बज्राचार्य र राजु सिंह, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिललगायतले आमाको महिमालाई गीतमा उतारेर रिसालले महत्वपूर्ण कार्य गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *