माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । अपरान्ह बोलाईएको बैठक भर्चुअल रुपमा बस्न लागेको हो ।

पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु जिल्लाजिल्लामा रहेकाले सहजताका लागि भर्चुअलमार्फत बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्ने लगायतका बारेमा छलफल हुने जनाईएको छ । बैठक साँझ ६ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *