बामदेवजीको बुद्धि बल्ल पलाएछः चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय उच्चस्तरीय राजनीतिक समन्वय समितिको काम, कर्तव्य र अधिकारलाई व्यवहारको कसीमा हेरिनुपर्ने बताएका छन् ।

नेता केसीले भने, “प्रजातन्त्रमा आफूलाई लागेको कुरा भन्न पाइन्छ । यसको कामकारबाही स्पष्ट हुनुपर्छ भन्नु ठीकै हो । तर सरकारभन्दा माथि कुनै संयन्त्र हुँदैन । यो समिति सरकारलाई सहयोग र समर्थन गर्न बनेको हो । सरकारलाई कमजोर बनाउन पनि कहीँ राजनीतिक समन्वय समिति बन्छ ?”
नेता केसीले एमसीसी पास गर्ने दुस्साहस जनतालाई मान्य नहुने दाबी गरे । उनले भने, “ओलीजीले पनि एमसीसी पास गर्न खोज्नुभएकै हो । उहाँ असफल हुनुभयो । कांग्रेसले पनि पास गर्न खोजेको छ । तर उसको बहुमत कहाँ छ ? एमसीसीबारे जनमोर्चाको धारणा क्लियर कट् छ । हामीले उहिल्यै देशव्यापी विरोध गरेका हौं । अरु पार्टी त कोही संशोधन भनेका छन्, कोही यथावत् गर्ने भनिरहेका छन् ।”

उनले थपे, “शक्तिराष्ट्रको आदेश पालक बन्न खोज्दा संघीयताले कसरी ढाड भाँचिदिएको छ ? नेपाल अब अफगानिस्तान र सिरिया बन्न तयार छैन । अमेरिकी जालमा मुलुकलाई फसाउनु हुँदैन । बामदेवजीको बुद्धि बल्ल पलाएछ ।”

चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश नियुक्ति गर्ने दलहरुले अहिले खुदो खाएको भन्दै उनले व्यंग्य गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *