झारफुकको बहानामा २ महिलामाथि बलात्कार

बाँके । बाँकेमा झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा एक जना झांक्री पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

पुजारीले ती महिलालाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *