काठमाडौं,। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेट रनरेटका कारण साउथ अफ्रिका बाहिरिएको छ । गए राति इङ्ल्याण्डलाई १० रनले हराए पनि साउथ अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो ।
समूह–१ बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा इङ्ल्याण्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
खेलमा दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको इङल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७९ रन मात्रै जोड्न सक्यो । जितका लागि इङल्याण्डलाई अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा दक्षिण अफ्रिकाका कागिसो रबाडाले अन्तिम ओभरको शुरुवाती तिन बलमा ह्याट्रिक लिएपछि इङल्याण्ड पराजित भएको हो ।
हारका बाबजुद इङल्याण्ड ५ खेलबाट ८ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । ८ अंक नैं जोडेको अष्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुग्दा समान ८ अंक जोडेको दक्षिण अफ्रिका भने रनरेटको आधारमा बाहिरिएको छ । हिजै भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने आधार तयार पारेको थियो ।