काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ पिसिआर परीक्षण गर्दा ३ सय ३४ महिला तथा ७ सय ७७ पुरुष गरी १ हजार १ सय ११ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै २४ घण्टामा ५ सय ६९ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर १५ हजार २ सय ७३ सक्रीय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
८ जना संक्रमितको मृत्यु
२४ घण्टामा ५ जना महिला तथा ३ जना पुरुष गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १/१ जना महिला तथा काठमाडौँ, पर्सा र कपिलवस्तुका १/१ जना पुरुष गरी ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ सय ८३ पुगेको छ ।
