प्रदेश एकका मुख्यमन्त्री राईले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । त्यसैगरी आजै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीले शपथ लिएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमको शपथ लिएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *