हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार पुडासैनी र एसपी आशालाई

काठमाडौं । यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार वरिष्ठ कवि कञ्चन पुडासैनी र उपन्यासकार श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

ज्योतिष हरिप्रसाद घिमिरेका नाममा उनका सुपुत्र एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले स्थापना गरेको पुरस्कार विसं २०६५ देखि प्रदान गर्न थालिएको हो ।

नगद १५ हजारसहित, दोसल्ला र अभिनन्दन पत्रले दुवै साहित्यकारलाई सम्मान गरिने समाजका अध्यक्ष घिमिरेले जानकारी दिए । पुरस्कार क्यान्सर रोगले पीडित एसपी आशालाई उनको निवासमा अर्पण गरिने र वरिष्ठ कवि पुडासैनीलाई यही कात्तिक २७ गते समाजले जोरपाटीमा आयोजना गर्ने विशेष कवि गोष्ठीमा वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *