काठमाडौं । नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।