दाङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

दाङ । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिसहनिया–महादेवा जोड्ने पुलमा गएराति रा१प ६३४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *