एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना डिपोर्टिभो आल्भेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
क्याम नोउमा भएको खेलमा बार्सिलोनाको लागि मेम्फिस डिपेए र आल्भेसको लागि लुइस रिओजाले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको चौथो मिनेटमै जोर्डी अल्बाको पासमा डिपेएले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
लगत्तै जोसेलुको पासमा लुइस रिओजाले गोल गर्दै आल्भेसलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे । अन्तरिम प्रशिक्षक सेर्जी बार्जुआनको नेतृत्वमा खेलेको पहिको खेलमै बार्सिलोनाले बराबरी खेलेको छ । लगातारको खराब नतिजापछि बार्सिलोनाले तत्कालीन प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गर्दै सेर्जीलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।
बराबरीसँगै बार्सिलोना ११ खेलबाट १६ अङ्क जोड्दै लिगको नवौं स्थानमा रहेको छ । आल्भेस ११ खेलबाट १० अङ्कको साथ १६ औं स्थानमा छ ।