टोटेन्हाममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली टोटेन्हाम हट्स्परलाई ३-० गोलले पराजित गरेको हो ।

हट्स्पर रंगशालामा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एडिन्सन काभानी र मार्कोस रासफोर्डले समान एक/एक गोल गरे । खेलको ३९ औं मिनेटमा फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा रोनाल्डोको पासमा काभानीले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । यस्तै ८६ औं मिनेटमा माटिकको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३-० गोलको शानदार जित दिलाए ।

जितसँगै युनाइटेड १० खेलबाट १७ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित टोटेन्हाम समान खेलबाट १५ अङ्कको साथ आठौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *