गुल्मी । दशैंको फुलपाती भित्राउँदा नाचिने पट्टा नाच पछिल्लो समय लोप हुँदै गएको छ । गुल्मीको चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोटबाट ब्राम्हण र पुजारीहरू झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै गएकोे छ । यो रोचक नाच र गीतमा युवा पुस्ताले चासो नदिँदा लोप लोप हुने अवस्थामा पुगेको हो ।
सिक्ने र सिकाउने पुस्ताबीचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको स्थानीयको भनाई छ । हतियार सहित नाचिने यो नाच हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ ।
