कोरोनाका ८८५ संक्रमित थपिए, ३८५ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४ हजार १८ जना पुगेको छ । 

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालभरि थप ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ५ सय ४ उपचारपछि निको भएका छन् ।

हाल नेपालमा १४ हजार ७ सय ३९ जना आइसोलेसनमा रहेका छन् । जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ ।

नेपालमा हालसम्म १ सय ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *