काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ पिसिआर परीक्षण गर्दा २ सय ७१ महिला तथा ५ सय ८४ पुरुष गरी ८ सय ५५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
यस्तै २४ घण्टामा ३ सय १३ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।
७ जनाको मृत्यु
२४ घण्टामा नेपाल मा ७ जना संक्रमितको निधन भएको छ । काठमाडौका एक महिला र दुइ पुरुष तथा सिराहा, पर्सा, धनुषा र रुपन्देहीका एकएक जना पुरुष गरी ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या १ सय ६४ पुगेको छ ।
